Skip to main content

दाइको हत्यामा जन्मकैद सजाय पाएका भाइ पक्राउ

समाचार सारांश समीक्षा गरी तयार पारिएको। आफ्नै दाइको हत्या गरेको आरोपमा जन्मकैदको फैसला सुनिएका सिन्धुलीका ४५ वर्षीय मानबहादुर बम्जन भक्तपुरबाट पक्राउ परेका छन्। बम्जनले २२ माघ २०७७ मा दाजु चेतबहादुरलाई बन्चरो प्रहार गरी हत्या गरेको पुष्टि भएको थियो। कारागारबाट फरार भएका उनलाई प्रहरीले पक्राउ गरी पुनः कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारामा पठाएको छ। १८ जेठ, काठमाडौं। दाइको हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सिन्धुलीको मरिण गाउँपालिका–३ का ४५ वर्षीय मानबहादुर बम्जन हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको छ। उनमाथि २२ माघ २०७७ मा आफ्नै दाजु चेतबहादुरलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोप छ। यस घटनामा सिन्धुली जिल्ला अदालतले १७ असोज २०८० मा उनलाई जन्मकैदको फैसला सुनाएको थियो। केन्द्रीय कारागार सुन्धारामा कैद बस्दा उनी जेनजी आन्दोलनका क्रममा फरार भएका थिए। भक्तपुरबाट पक्राउ परेपछि पुनः केन्द्रीय कारागार सुन्धारामा पठाइएको छ।