Skip to main content

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम सार्वजनिक गर्‍यो

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइन माध्यमबाट आवेदन दिन सकिने गरी फारम सार्वजनिक गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार वेबसाइटमार्फत सजिलै आवेदन दिन सकिने जानकारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका छन्। १८ जेठ, काठमाडौं। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ क्रियाशील सदस्यता आवेदन फारम भर्ने प्रक्रिया खोलिएको जानकारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका छन्। साथै, क्रियाशील सदस्य बन्नका लागि वेबसाइटमार्फत सहज र सरल तरिकाले आवेदन दिन सकिने पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।