
प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागुञ्जेल नेपाली कांग्रेसले २५ जेठसम्म संसदीय समितिका बैठकहरू बहिष्कार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा “नेपालले पनि भारतको भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले विरोध जनाएको हो। सांसदलाई कानुनभन्दा माथि राख्ने गरी प्रतिनिधि सभा नियमावली जबरजस्ती पारित गरिएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
काठमाडौं। नेपाली कांग्रेसले संसद् अवरोध जारी राख्दै संसदीय समितिका बैठकहरू बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा माफी न मागुञ्जेल कांग्रेसले यही २५ जेठसम्म सबै संसदीय समितिका बैठकहरूमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले बताएका छन्। आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले माफी माग्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ। सांसदलाई कानुनभन्दा माथि राख्दै प्रतिनिधि सभा नियमावली जबरजस्ती पारित गरिएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ। यसलाई विरोध स्वरूप कांग्रेसले संसदीय समितिका बैठकहरू पनि बहिष्कार गर्ने रणनीति अपनाएको छ।






