
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग नयाँ दिल्लीमा भेटवार्ता गर्नुभएको छ। भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि भारत गएका लामिछानेले आजदेखि राजनीतिक भेटघाट सुरु गर्नुभएको छ। १९ जेठ, काठमाडौं।
लामिछाने र अमित शाहबीचको भेट केही समयअघि नै भएको हो। पाँचदिने भ्रमणमा रहेका लामिछानेले आजबाट विभिन्न राजनीतिक भेटवार्ता सुरु गर्नुभएको छ। उहाँले आजै विदेशमन्त्री एस जयशंकर र भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गर्नुभएको थियो। उहाँ भारतीय जनता पार्टीको निमन्त्रणामा हिजो भारत प्रस्थान गर्नुभएको हो।






