
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका नेता डा. धवलशमशेर राणाले नयाँ राष्ट्रवादी दल गठनका लागि ‘जेनजी’ समूहका युवाहरूसँग छलफल गरेका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट भएका राणाले राजसंस्थावादी शक्तिहरूलाई एकत्रित गरी नयाँ दल गठन गर्ने तयारी गरिरहेका छन्। राणाले मंगलबार अभियन्ता दुर्गा प्रसाईंसँग पनि छलफल गरेका थिए भने राप्रपाको असन्तुष्ट पक्ष मलमासपछि नयाँ दल गठन गर्ने योजनामा छ।
२० जेठ, काठमाडौं। नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणका लागि जेनजी उमेर समूहसँग छलफल गरेका छन्। नयाँ दल गठन गर्न विभिन्न पक्षसँग छलफल सुरु गरेका राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा समावेश युवाहरूसँग वार्ता गरेका छन्। राणाले राजसंस्थावादी शक्तिहरूलाई एकत्रित गरी नयाँ दल गठन गर्ने उद्देश्यले राप्रपा छोडिसकेका छन्।
राप्रपाको असन्तुष्ट पक्षले मलमासपछि नयाँ दल गठन गर्ने तयारी गरिरहेको छ। मंगलबार राणाले अभियन्ता दुर्गा प्रसाईंसँग पनि छलफल गरेका थिए। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट हुँदै राणा नयाँ अभियान सुरु गरेका छन्।






