Skip to main content

मोटरसाइकल दुर्घटनामा परेका हर्क साम्पांगको अवस्था सामान्य छ

२२ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पांग मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बीच बाटोमा साम्पांग दुर्घटनामा परेका थिए। अध्यक्ष साम्पांगको हातमा चोट लागेको र अवस्था सामान्य रहेको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले जानकारी दिएका छन्। दुर्घटनामा परे पनि उनी कार्यक्रम स्थलमा पुगेका थिए।