Skip to main content

लोकतन्त्र र राष्ट्रियताको संरक्षणमा युवाहरूको भूमिका महत्वपूर्णः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नीति तथा कार्यक्रमले युवाहरूलाई प्राथमिकतामा राखेको बताएका छन्। उनले आज लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलन २०८३ को उद्घाटन गर्दै आगामी बजेट युवामैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे। आचार्यले युवालाई अधिकारको मात्र माग पुग्दैन भनी आफ्नो कर्तव्यप्रति सचेत रहन आग्रह गरे।

मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट र कार्यक्रम तयार गरिने उल्लेख गर्दै युवामैत्री योजना र कार्यक्रमलाई अझ प्रभावकारी बनाइने जानकारी दिए। नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पङ्गेनी र युनिसेफका प्रतिनिधि रिद्धि शर्मालगायतले युवाको सहभागिता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वका विषयमा आफ्नो धारणा व्यक्त गरे।