Skip to main content

गुल्मीमा रास्वपा सांसदहरू सवार गाडी दुर्घटना

गुल्मीको रेसुङ्गा नगरपालिका–४ रैदीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सागर ढकाल र सुशान्त वैदिक सवार गाडी दुर्घटनामा परेको छ। सांसद ढकालका अनुसार, दुर्घटनामा परेका सांसदहरू ढकाल, वैदिक र आरपी महतो सबै सुरक्षित छन् भने गाडीमा सामान्य क्षति भएको छ।

२२ जेठ, गुल्मी। रास्वपा पार्टीका सांसदहरूले सवार गाडी गुल्मीमा दुर्घटना भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका–४ रैदीस्थित तम्घास–बुर्तिबाङ सडक खण्डमा शुक्रबार साँझ सांसदहरू सागर ढकाल र सुशान्त वैदिक सवार गाडी दुर्घटनामा परेको घोषणा सांसद ढकालले गरेका छन्। उनले तीनै जना ठिक रहेको तथा गाडीमा सामान्य क्षति भएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, बाग्लुङबाट तम्घास तर्फ आउँदै गरेको बा.प्र.-०१-०२९ च ७३४३ नम्बरको कार साँझ करिब ५:४० बजे दुर्घटनामा परेको हो।