Skip to main content

सुलभ र अंकिताले १८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगितामा एकल कातामा स्वर्ण पदक जिते

१८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको एकल कातामा नेपालका सुलभ चौधरी र अंकिता पाण्डेले स्वर्ण पदक हासिल गरेका छन्। मित्रपार्कस्थित टेक्सास कलेजमा जारी प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा २५४ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा सञ्चालित यस प्रतियोगिताका फाइनल खेलहरू शनिबार हुनेछन्। २२ जेठ, काठमाडौं।

नेपालका सुलभ चौधरी र अंकिता पाण्डेले शुक्रबार १८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगितामा एकल कातामा क्रमशः पुरुष र महिला तर्फ स्वर्ण पदक जितेका हुन्।

मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजमा सम्पन्न पुरुष वर्गप्रतियोगितामा भारतका मोहम्मद ताहसिन उद्दिन अन्सारीले रजत पदक जितेका छन् भने नेपालका निश्चल राई र भारतका दर्शित राठीले कांस्य पदक प्राप्त गरेका छन्। महिला वर्गमा नेपालकी अनुज्ञा अधिकारी दोस्रो स्थानमा रहेकी छिन् भने भारतका सुहाना शाह र नभोलग्न बरिक तेस्रो स्थानमा छन्।

प्रतियोगिताका आयोजक टेक्सास कलेजका प्रिन्सिपल डा. श्यामसुन्दर श्रेष्ठले एक कार्यक्रमको माध्ययमबाट उद्घाटन गरेका थिए। यस प्रतियोगितामा नेपालबाट २३२ र भारतबाट २२ गरी जम्मा २५४ खेलाडी सहभागी छन्। पुरुष र महिलामा एकल कातासहित समान ११-११ प्रतिस्पर्धा भइरहेको गोजुकाइ कराते डो संघका महासचिव तथा प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले जानकारी दिएका छन्।

प्रतियोगिताको अन्तिम दिन शनिबार सबै स्पर्धाका सेमिफाइनल र फाइनल खेलहरू सञ्चालन गरिनेछ।