
त्रिभुवन विश्वविद्यालयको उपकुलपति चयनका लागि सिफारिस समितिले ५० जना आवेदकहरूमध्ये १० जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीमा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति भोला थापा र मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति नन्द बहादुर सिंहसहित १० जना रहेका छन्। अब यिनै १० जना उम्मेदवारमध्येबाट त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्त गरिनेछ। २२ जेठ, काठमाडौं।
सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचिमा अमर प्रसाद यादव, कवि प्रसाद पौडेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंक नाथ धमला, तारा प्रसाद भुसाल, दुर्गा दत्त पौडेल, नन्द बहादुर सिंह, भोला थापा र राम प्रसाद रेग्मी रहेका छन्। थापा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति हुन्। त्यसैगरी सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन्। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५० जनाले आवेदन दिएका थिए। त्यसमध्ये १० जनाको सूची तयार पारिएको हो। अब यी मध्येबाट १ जना उपकुलपति बन्ने छन्।

