
२३ जेठ, काठमाडौं । शिक्षा तथा पर्यावरणका अभियन्ता सोनाम वाङचुक हातमा गुलाफको फूल लिएर ककरोच जनता पार्टीद्वारा नयाँ दिल्लीमा जारी विरोध प्रदर्शन स्थलमा पुगेका छन् । उनी शनिबार दिउँसो नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भइरहेको प्रदर्शनमा सहभागी भएका हुन् । परीक्षा प्रणालीमा भएका अनियमितता र प्रश्नपत्र लिकलाई लिएर ककरोच जनता पार्टीले त्यहाँ विरोध प्रदर्शन गरिरहेको छ ।
यसअघि ककरोच जनता पार्टीका संस्थापक अभिजित दिपके पनि प्रदर्शन स्थलमा पुगेका थिए । उनले भारतीय संविधान निर्माता भीम राव अम्बेडकरको जीवनी लिएर त्यहाँ पुगेका हुन् । अभिजितले अन्य प्रदर्शनकारीहरूलाई पुस्तक र राष्ट्रिय झण्डा बोकेर आउने र प्रहरीले शान्तिको प्रतीकका रूपमा फूल ग्रहण गर्न अपिल गरेका थिए । सोही अनुरूप सोनाम वाङचुकले पनि हातमा गुलाफको फूल बोकेर युवा तथा विद्यार्थीहरूको प्रदर्शनमा सहभागी भई ऐक्यबद्धता जनाएका छन् । उनको उपस्थितिले प्रदर्शनकारीहरूको उत्साह थपिएको छ ।






