
प्रहरीले नियमित गस्तीका क्रममा काठमाडौं, झापा र चितवनसहित देशका विभिन्न ठाँउबाट लागूऔषधसहित २३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिशमा मात्र पाइने ट्रामाडोल र डाइजेपाम लगायतका लागूऔषध बरामद गरिएको छ। २३ जेठ, काठमाडौं।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न ठाँउबाट लागूऔषधसहित २३ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंबाट ११, झापाबाट ६, चितवनबाट २ तथा सिराहा, उदयपुर, दाङ र कैलालीबाट एक/एक जनालाई पक्राउ गरिएको हो। प्रहरीले तिनको साथबाट लागूऔषध खैरो हेरोइन र गाँजा साथै चिकित्सकको सिफारिशमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद गरेको छ।






