Skip to main content

रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका निर्वाचित

२३ जेठ, म्याग्दी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको पहिलो जिल्ला अधिवेशनबाट युवराज रोका अध्यक्ष भएर निर्वाचित भएका छन्। शनिबार सम्पन्न उक्त अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ। कार्यसमितिको उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर बोगटी (सुरत) चयन भएका छन्। साथै, सदस्यका रूपमा सागरकुमार शर्मा पौडेल, गुनमाया पुर्जा, युवराज सुवेदी, सरोज सुवेदी र पूर्णबहादुर खत्री चयन भएका छन् भन्ने जानकारी नवनिर्वाचित सचिव शर्माले दिएका छन्। –रासस