
रसुवामा आयोजित ३२ किलोमिटर दूरीको ‘लाङटाङ ट्रेल रन २०२६’ को उपाधि मिलन कुलुङ र अन्जुली गुरुङले जितेका छन्। प्रतियोगितामा पुरुषतर्फ मिलनले २ घण्टा १६ मिनेट ४३ सेकेन्ड र महिलातर्फ अन्जुलीले ४ घण्टा ४५ मिनेट ०३ सेकेन्डमा दूरी पार गरे। रसुवा नुवाकोट पर्यटन समाजद्वारा आयोजित यस प्रतियोगितामा जम्मा १०६ जना खेलाडीहरू सहभागी थिए।
‘लाङटाङ ट्रेल रन २०२६’ को उपाधि मिलन कुलुङ र अन्जुली गुरुङले जितेका छन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत पर्ने लाङटाङको क्यान्जेन गुम्बा देखि स्याफ्रुबेसीसम्म शनिबार सम्पन्न ३२ किलोमिटर लम्बाइको ट्रेल रनमा पुरुषतर्फ मिलन र महिलातर्फ अन्जुली च्याम्पियन बने। रसुवा नुवाकोट पर्यटन समाजको आयोजना तथा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा सम्पन्न उक्त म्याराथनमा ८८ पुरुष र १९ महिला गरी कुल १०६ जना खेलाडी सहभागी थिए।
पुरुषतर्फ मिलन कुलुङले २ घण्टा १६ मिनेट ४३ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हात पार्दा, धिर बहादुर बुढा २ घण्टा १८ मिनेट ४७ सेकेन्डमा दोस्रो, विशाल राई २ घण्टा २० मिनेट ०२ सेकेन्डमा तेस्रो, गोपाल तामाङ २ घण्टा २० मिनेट ३९ सेकेन्डमा चौथो र चन्द्र रावत २ घण्टा ३१ मिनेट ३५ सेकेन्डमा पाँचौँ स्थान हासिल गरे। महिला प्रतिस्पर्धामा अन्जुली गुरुङले ४ घण्टा ४५ मिनेट ०३ सेकेन्डमा दौड पूरा गरी पहिलो भइन्। सुरक्षा तामाङले ४ घण्टा ५९ मिनेट ३५ सेकेन्डमा दोस्रो स्थान हासिल गरिन्। अस्ट्रियन खेलाडी आना लेना फर्टनरले ५ घण्टा ०९ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी तेस्रो स्थान प्राप्त गरिन्। चौथो स्थान गिता महर्जन (५ घण्टा ३७ मिनेट २८ सेकेन्ड) र पाँचौँ स्थान सोनु पौडेल (६ घण्टा १६ मिनेट ४० सेकेन्ड) लाई प्राप्त भयो।






