
प्रतीकात्मक तस्वीर
गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमा विद्युत् मर्मत कार्य गर्दा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सूर्यबहादुर थापा गम्भीर घाइते भएका छन्। पोलमा चढेर मर्मत गर्दा करेन्ट लागेर भिरबाट खसेका ३० वर्षीय थापाको टाउको र शरीरमा गम्भीर चोट लागेको छ। घाइते थापालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
२४ जेठ, गुल्मी। गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमा विद्युत् मर्मत गर्दै गर्दा करेन्ट लागेर एक जना कर्मचारी गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतवार दिउँसो करिब २:३० बजे नेपाल विद्युत् प्राधिकरण गुल्मीमा कार्यरत मालिका गाउँपालिका–५ छापाहिले निवासी ३० वर्षीय सूर्यबहादुर थापा पोलमा चढेर मर्मत कार्य गरिरहेका बेला करेन्ट लागेर दुर्घटनामा परेको हो। करेन्ट लागेपछि उनी पोलबाट करिब ५०० मिटर तलको भिरतर्फ खस्दा निधार र शरीरका विभिन्न भागमा चोट लागेको डीएसपी बीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए। घटनाको सूचना पाएपछि प्रहरी चौकी अर्खाबाङबाट प्रहरी टोली घटनास्थल पुगेर घाइते थापालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास लैजानुभयो। विद्युत् प्राधिकरण गुल्मीलाई पनि घटनाबारे जानकारी गराइएको छ। थप अनुसन्धान भइरहेको छ।






