ट्रम्पका ज्वाइँद्वारा सञ्चालित रिजोर्ट निर्माणविरुद्ध आल्बेनियामा तिव्र आक्रोश

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर र छोरी इभान्का ट्रम्पसँग सम्बन्धित एउटा रिजोर्ट निर्माण विवादले आल्बेनियामा ठूलो आक्रोश निम्त्याएको छ। ४.६ अर्ब डलर लागतको यो परियोजनामा सुविधासम्पन्न होटलका कोठा र भिलाहरू निर्माण हुने योजना छ। तर, यसको विरोध किन भइरहेको छ भन्ने प्रश्न भने उठिरहेको छ।






