
सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गर्दै उपाधि जितेको छ। वर्षाका कारण खेल रोकिनु अघि नेपालले हङकङले तोकेको १८९ रनको लक्ष्य पछ्याउँदै ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले ६५ रनको अर्धशतकीय पारी खेले भने शेर मल्लले बलिङमा ४ विकेट लिए। २५ जेठ, काठमाडौं।
सोमबार दिउँसो सम्पन्न फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा परेको थियो। बर्षाले खेल रोकिएपछि डीएलएस पद्धति अनुसार नेपाल विजयी घोषित भएको हो। डीएलएस अनुसार नेपालले ९५ रन बनाउनुपर्ने थियो र उनीहरूले १९ रनले अग्रता लिएका थिए। नेपालका कुशल भुर्तेलले ४० बलमा ६५ रन बनाएर आउट भए। रोहित पौडेल ३५ रनमा तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट रहे।
हङकङका एहसान खान र आयुष शुक्लाले समान गरी १–१ विकेट लिए। नेपालले कीर्तिमानी जित हासिल गर्न भने सकेको छैन। १८९ रनको लक्ष्य पूरा गरेर जित निकाल्ने अवस्थामा यो नेपालको टि-२० मा सबैभन्दा सफल रन चेज हुनेथ्यो। अवकाशपूर्व नेपालले सन् २०२५ मा कुवेतविरुद्ध १८६ रनको लक्ष्य पूरा गरेको थियो जुन अबसम्मको सबैभन्दा सफल रन चेज हो।
एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले अंशुमन राथ र शाहिद वासिफको शानदार अर्धशतकले बलियो योगफल खडा गरेको थियो। टस गुमाएर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो। नेपालले १८९ रनको लक्ष्य पूरा गरेमा यो टी-२० मा कीर्तिमानी रन चेज हुनेछ। हङकङका अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए भने शाहिद वासिफले २८ बलमा ५५ रन जोडे। नेपालका लागि शेर मल्लले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए। १८ ओभरमा १७९–५ को अवस्थामा भए पनि हङकङले अपेक्षित फिनिसिङ गर्न सकेन। नेपाल र हङकङ दुवै फाइनलसम्म आइपुग्दा अपराजित रहेका थिए।






