Skip to main content

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

समाचार संक्षेप ललितपुर प्रहरीले २१ ग्राम लागुऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीका दिनेशकुमार बैठा, रुबी देवी, १५ वर्षीया किशोरी र सिरहाका इन्द्रजित कामती रहेका छन्। २५ जेठ, काठमाडौं। ललितपुरबाट लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका–६ का ४० वर्षीय दिनेशकुमार बैठा, सिरहाको नरहा गाउँपालिका–१ का ४३ वर्षीय इन्द्रजित कामती, सर्लाहीको गोडैता–६ का ३५ वर्षीय रुबी देवी र सोही ठाउँकी १५ वर्षीया अनुराधा कुमारी रहेका छन्। उनीहरुलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट २१ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जानकारी दिएको छ।