WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

भीमसेन थापा गाउँपालिकाभित्रका पक्की घर र सरकारी भवनको बीमा गर्ने योजना – Space4k Television News Update
Skip to main content

भीमसेन थापा गाउँपालिकाभित्रका पक्की घर र सरकारी भवनको बीमा गर्ने योजना

२५ जेठ, गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका निजी घर र सरकारी भवनहरूको बीमा गरिने निर्णय भएको छ। सोमबार पालिकाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग यस सम्बन्धमा सम्झौता गरेको छ। प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीका अनुसार पालिकाको प्रशासनिक भवनको बीमा गरेर यो योजना सुरु गरिएको छ। ‘आज सम्झौता सम्पन्न भयो, अब हामी बीमाका लागि सार्वजनिक सूचना आह्वान गर्नेछौं,’ उनले भने, ‘इच्छुक घरधुरीहरूले आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन बुझाउन सक्नुहुन्छ।’ वडामा प्राप्त निवेदनहरू संकलन गरी बीमा कम्पनीमा पठाइने उनले बताए।

उनका अनुसार प्रत्येक घर र भवनको चार लाख रुपैयाँसम्म बीमा गरिनेछ। क्षतिको आधारमा पीडितले अधिकतम चार लाख रुपैयाँसम्म क्षतिपूर्ति प्राप्त गर्नेछन्। बीमामा इँट्टा–सिमेन्टले बनेका ढलान घरहरू र भूकम्पपछि निर्माण भएका ढुंगा, इँट्टा तथा माटोका घरहरू समावेश हुने बताएका छन्। यद्यपि पूर्ण अस्थायी संरचना (काठ, टिन, माटोले बनेका), बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने घरहरू, ऐलानी र सडक मापदण्डभित्रका घरहरू भने बीमामा नपर्ने उल्लेख छ।

वार्षिक सम्पत्ति करको रुपमा पालिकाले सबै घरधुरीबाट न्यूनतम २५० रुपैयाँ संकलन गर्दै आएको छ र त्यही रकमबाट बीमा गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए। यो बीमा कार्यक्रम विपद् जन्य घटनाबाट घरहरूमा हुने क्षतिको क्षतिपूर्ति उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको हो। ‘पालिका आफैंले क्षतिपूर्ति दिन ठूलो रकम जुटाउनुपर्ने भएकाले बीमा कम्पनीसँग सम्झौता गरेका हौं,’ उनले भने। बीमा कम्पनीका जोखिमांकन विभाग प्रमुख निरञ्जन आचार्य र पालिका अध्यक्ष लोकप्रसाद बञ्जराले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता अवधि एक वर्षको रहने र थप गर्न सकिने जनाइएको छ।