Skip to main content

दाङको लमहीमा ट्रकलाई पछाडिबाट ठक्कर दिँदा एक जनाको मृत्यु

दाङको लमहीमा सडक किनारमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा लमही नगरपालिका–७ का ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार ३२ वर्षीय धनिराम चौधरी घाइते भएका छन् र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–५ रातोडाँडामा आज बिहान ना ५ ख ९३३६ नम्बरको ट्रकमा मोटरसाइकल ठोक्किएको इलाका प्रहरी कार्यालयले जनाएको छ। २६ जेठ, लमही।

बिग्रिएर सडक किनारमा रोकिएको ना ५ ख ९३३६ नम्बरको ट्रकको पछाडि आज बिहान करिब ४ बजेतिर लु १२ प ९८४० नम्बरको मोटरसाइकल ठोक्किएको थियो। सो दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ। गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलमा सवार अन्दाजी ३२ वर्षीय सोही ठाउँ निवासी धनिराम चौधरी घाइते छन्। उनको उपचार लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ।