
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा गृह मन्त्री सुधन गुरुङ र विज्ञान मन्त्री महावीर पुनले आज शपथ ग्रहण गर्नेछन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र मन्त्रीहरू सहभागी छन्। शीतल निवास क्षेत्रमा समारोहको क्रममा मुसलधारे वर्षा भइरहेको छ।
२६ जेठ, काठमाडौं। राष्ट्रपति कार्यालय शीतल निवासमा दुई मन्त्रीहरूले आज शपथ ग्रहण गरिरहेका छन्। प्रधानमन्त्री बालेन शाहले सिफारिस गरे अनुसार गृह मन्त्रालयमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनले शपथ लिँदैछन्। समारोहको समय मुसलधारे वर्षा भइरहेको छ। उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू उपस्थित छन्।






