Skip to main content

गृहमन्त्री गुरूङले सबै फाइलहरू खोल्ने घोषणा गरे

२६ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अब सबै फाइलहरू खोल्ने घोषणा गरेका छन्। दोस्रोपटक गृहमन्त्री नियुक्त भएपछि पत्रकारहरूसँग कुरा गर्दै गुरुङले अनुसन्धानमा रहेका फाइलहरू शीघ्र टुंगोमा पुर्‍याउने निर्णय सुनाएका छन्। ‘हाल अनुसन्धानका क्रममा रहेका फाइलहरूलाई शीघ्र टुंगोमा पुर्‍याउने निर्देशन दिने,’ गृहमन्त्री गुरुङले भने।

मन्त्रालयमा आएपछि गरेका निर्णयहरू सुनाउँदै उनले अब सबै फाइलहरू खोल्ने बताए। ‘सबै फाइल खोलिन्छ अब, थ्याङ्क यू सो मच,’ उनले भने।