Skip to main content

रोल्पामा मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु

२८ जेठ, दाङ । रोल्पामा बिहीबार बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बल्लेखोलादेखि आलु बोकेर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको मिनी ट्रक संचालन हुँदै गर्दा अचानक सडक भासिएर दुर्घटना भएको हो। माडी गाउँपालिका–१ पात्लेस्थित बल्ले–झिनुवाभित्री सडकमा उक्त ट्रक दुर्घटना भएको थियो।

दुर्घटनामा सल्यानको बागचौर नगरपालिका–४ दुदिलाबोट निवासी ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए। ट्रक चालक घाइते छन्। –रासस

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ