
पर्साको ठोरी गाउँपालिका–१ र २ जोड्ने ढेडुखोलामा पुल निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ। पूर्वाधार विकास मन्त्रालयले चितवन, पर्सा र मोरङका एक दर्जन पुल निर्माणका लागि एक मुष्ट ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। पर्सा क्षेत्र नं ४ का सांसद टेकबहादुर शाक्यले ढेडुखोला पुल निर्माणपछि स्थानीय नागरिकलाई ठूलो राहत पुग्ने बताएका छन्। २८ जेठ, काठमाडौं।
पर्साको ठोरी गाउँपालिका-१ दिपक नगर र वडा नं २ भञ्ज्याङ जोड्ने पुल निर्माणका लागि बजेट विनियोजन गरिएको छ। यस खोलामा पुल नहुँदा वर्षायाममा मानिसहरू ज्यानको जोखिम लिएर खोलाटारिन बाध्य छन्। बिरामी हुँदा देखि विद्यालय आउजाउ गर्न समेत समस्या छ। धेरै समयदेखि यहाँ पुल नभएकाले ठोरी हुँदै चितवन र जिल्ला सदरमुकाम वीरगञ्ज आउजाउ गर्न समस्य भएको थियो।
ढेडुखोलामा पुल निर्माणका लागि बजेट दिएकोमा सरकारलाई आफूले दबाब दिएको र यो क्षेत्रको पुल बनाउनु लामो समयदेखि रहेको सपना पूरा हुने पर्सा क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्यले बताए। उनले भने, ‘ढेडुखोलामा पुल नहुँदा वर्षौंदेखि यस क्षेत्रका नागरिकले समस्या भोग्दै आएका थिए। अब पुल बनेपछि यस क्षेत्रका नागरिकलाई राहत महसुस हुनेछ। पुल निर्माणका लागि रेडबुकमा सही बजेट विनियोजन हुनेमा म विश्वस्त छु।’
सांसद शाक्यका अनुसार, यहाँका लागि हुलाकी सडक आयोजनाबाट पनि छिट्टै पुल निर्माण प्रक्रिया अगाडि बढ्नेछ। पूर्वाधार विकास मन्त्रालयले चितवन, पर्सा र मोरङका लागि पुल निर्माण गर्न चयन गरिएका योजनामा ढेडुखोला पुल निर्माणका लागि पनि बजेट समावेश गरेको छ। यी तीन जिल्लाका लगभग एक दर्जन पुलका लागि कुल ५६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। स्थानीय पूर्वाधार विकास विभागबाट यी कार्यक्रमहरू कार्यान्वयन गरिनेछन्।






