
अफगानिस्तानमा विरोध प्रदर्शन गर्ने महिलामाथि तालिबानले गोली चलाएको छ। पोशाकसम्बन्धी कडा इस्लामिक नियम उल्लंघन गरेको आरोपमा महिलाहरूलाई तालिबानले पक्राउ गर्न थालेको केही दिनमै हेरातमा सडकमा विरोध प्रदर्शन सुरु भएको हो। प्रदर्शनकारीहरूलाई तितरबितर पार्न तालिबानले गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। स्वास्थ्यकर्मीहरूले दुई जनाको ज्यान गएको बताएका छन्। हेरात प्रहरीले कसैको ज्यान गएको छैन भन्दै दाबी गरेको छ। यो विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न असम्भव भएको छ।






