
काठमाडौंमा मलेसिया जाने तयारीमा रहेका दुई बंगलादेशी नागरिकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा सहित पक्राउ परेका छन्। पक्राउ परेका मोहम्मद इन्ताज अली र एमडी जाकिर होसेनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ। २८ जेठ, काठमाडौं।
उक्त मुद्रा काठमाडौँबाट मलेसिया तर्फ जान लागेको बाटिक एयरको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बरामद गरेको जानकारी प्राप्त भएको छ। अवैध विदेशी मुद्रा सहित प्रहरीले मोहम्मद इन्ताज अली र एमडी जाकिर होसेनलाई पक्राउ गरेको हो। उनीहरूबाट मलेसियन रिंगेट, अमेरिकी डलर र नेपाली रुपैयाँ गरी कुल ३१ लाख ५१ हजार रुपैयाँ बराबरको मुद्रा बरामद भएको छ। पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको छ।






