Skip to main content

जनकपुरले आसिफ शेखलाई रिलिज गर्‍यो, यी खेलाडीहरू रिटेन भएका छन्

नेपाल प्रिमियर लिगको पहिलो विजेता जनकपुर बोल्ट्सले आगामी सिजनका लागि मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको छ। जनकपुर बोल्ट्सले कप्तान अनिल साह, मयन यादव, ललित राजवंशी, आदित्य महता र विकास आग्रीसहित पाँच खेलाडीलाई टोलीमा रिटेन गरेको छ।

जनकपुरले बिहीबार रिटेन र रिलिज गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ। आसिफलाई रिलिज गरेसँगै जनकपुरले पाँच खेलाडी रिटेन गरेको छ। रिटेन गरिएका खेलाडीहरूमा कप्तान अनिल साह, मयन यादव, ललित राजवंशी, आदित्य महता र विकास आग्री छन्।

जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको विजेता हो। पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने जनकपुरले कमजोर प्रदर्शन गर्दै लिग चरणबाटै बाहिरिएको थियो। एनपीएलको दोस्रो सिजनका लागि मार्की बाहेक ६ खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान रहेको छ। एनपीएलको मिनी अक्सन पनि चाँडै हुने जानकारी दिइएको छ.