Skip to main content

फिफा विश्वकप २०२६ को उद्घाटन समारोह सम्पन्न

मेक्सिकोको एस्टेका रंगशालामा विशेष समारोहको आयोजना गर्दै फिफा विश्वकप २०२६ को औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन समारोहपछि सोही रंगशालामा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच विश्वकपको पहिलो खेल सुरु भएको छ। उद्घाटन कार्यक्रममा मेक्सिकन संस्कृतिको झल्को दिने प्रस्तुतीसहित शाकिरा, बर्ना ब्वाय र जे बाल्भिन लगायतका अन्तर्राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुती दिएका छन्।

२९ जेठ, काठमाडौं। फिफा विश्वकप २०२६ को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। मेक्सिकोको एस्टेका रंगशालामा विविध सांगीतिक प्रस्तुति सहित विश्वकपको औपचारिक उद्घाटन गरिएको हो। त्यहि रंगशालामा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच विश्वकपको पहिलो खेल सुरु भएको छ। उद्घाटन समारोहमा मेक्सिकन संस्कृति, परम्परा र कलालाई प्रतिनिधित्व गर्दै प्रस्तुत गरिएको थियो। सो अवसरमा आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रमसँगै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी तारा कलाकारहरूले पनि कार्यक्रम प्रस्तुत गरेका थिए। समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जल्स अजुलेस र मनाजस्ता चर्चित कलाकारहरूले संगीत प्रस्तुति दिएका थिए।