Skip to main content

जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

जनकपुरधामको मुजेलियामा जेसीबीमा मोटरसाइकल ठोक्किँदा महोत्तरीका ६५ वर्षीय विपिनकुमार झाको मृत्यु भएको छ। पेट्रोल पम्पबाट निस्कँदै गरेको जेसीबीलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

२९ जेठ, जनकपुरधाम। जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको मनरासिसवा नगरपालिकाको बथनाहा वसोबास गर्ने ६५ वर्षीय विपिनकुमार झा रहेका छन्। धनुषा प्रहरीले जानकारी दिंदै भने कि शुक्रबार बिहान ९ बजेको आसपास जनकपुरधाम उपमहानगरपालिका १४, मुजेलिया स्थित जनकपुर डिजल सेन्टर पेट्रोल पम्पबाट तेल हालेर निस्कँदै गरेको जेसीबीमा झाको चलाएको बीआर ३० एक्यू ०२५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका झा साइ ट्रमा अस्पताल जनकपुरमा उपचार हुँदै गर्दा बिहान ९ः३५ बजे मृत्यु भए। धनुषाका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले यो जानकारी सार्वजनिक गरे। जेसीबी वडा प्रहरी कार्यालय मुजेलियाको नियन्त्रणमा छ र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।