Skip to main content

संविधान संशोधन बहसपत्र कार्यदलको समयावधि असार मसान्तसम्म विस्तार

समाचार सारांश सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गरेको छ। २९ जेठ, काठमाडौं। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको समय अवधि विस्तार गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा गठन गरिएको उक्त कार्यदलले पूर्वराष्ट्रपति, विभिन्न दलका शीर्ष नेता, संविधानविद् लगायतसँग छलफललाई निरन्तरता दिइरहेको छ।