Skip to main content

बोस्निया एन्ड हर्जगोभिनाले अग्रता कायम राख्न नसक्दा क्यानडासँग १–१ की बराबरी कायम गर्यो

क्यानडाको टोरन्टो स्टेडियममा भएको फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिना बीच १–१ को बराबरीमा खेल सम्पन्न भयो।

समाचार सारांश

  • फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ की बराबरी खेली।
  • खेलको २१औं मिनेटमा बोस्नियाका जोभो लुकिचले गोल गरे जबकि ७९औं मिनेटमा क्यानडाका काइल लारिनले बराबरी गोल फर्काए।
  • विश्वकपको चौथो खेल आयोजक अमेरिका र पाराग्वेबीच नेपाली समय अनुसार बिहान पौने ७ बजे हुनेछ।

३० जेठ, काठमाडौं। फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिना बीच रोमाञ्चक मुकाबला सम्पन्न भयो र दुवैले १-१ को बराबरीमा अंक साझा गरे।

टोरन्टो स्टेडियममा खेलिएको यस खेलमा २१औं मिनेटमा बोस्नियाका जोभो लुकिचले हेडरमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। तर बोस्नियाले त्यो अग्रता कायम राख्न सकेन।

खेलको ७९औं मिनेटमा क्यानडाका काइल लारिनले उत्कृष्ट कन्ट्रोलसहित गोल फर्काउँदै टोलीलाई बराबरीमा ल्याए। त्यसपछिका समयमा कुनै पनि टोलीले थप गोल गर्न नसकेपछि दुवैले समान १-१ अंक बाडे।

अहिले आउँदो विश्वकपको चौथो खेल आयोजक अमेरिका र पाराग्वेबीच हुनेछ, जुन नेपाली समय अनुसार बिहान पौने ७ बजे सुरु हुनेछ।

फोटो : IMAGO / Nordphoto