WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोन्क र स्वस्तिकालाई – Space4k Television News Update
Skip to main content

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोन्क र स्वस्तिकालाई

रोनक उप्रेती र स्वस्तिका चौधरीले नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६ को पुरुष र महिलातर्फ उपाधि जितेका छन्। प्रतिस्पर्धाका विजेताले जनही ३० हजार रुपैयाँ नगद, पदक र करिब एक लाख रुपैयाँ बराबरको खेल सामग्री प्राप्त गरेका छन्। नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसियसनले आयोजना गरेको सो एकदिने प्रतियोगितामा पुरुषतर्फ ३५ र महिलातर्फ ७ खेलाडीले सहभागिता जनाएका थिए। यो कार्यक्रम ३० जेठ, काठमाडौँमा सम्पन्न भयो।

रोनक उप्रेती र स्वस्तिका चौधरीले नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६ को उपाधि जितेका हुन्। नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसियसन (एनसीएसए) को आयोजनामा शनिबार सम्पन्न भएको प्रतियोगितामा रोन्क पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बने। च्याम्पियन दुवैले नगद ३० हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरे। पुरुषतर्फ पेम्बा छेवाङ तामाङ दोस्रो र सुलभ राई तेस्रो भए। महिलातर्फ मनिषा बुढा मगर दोस्रो र रबिका महर्जन तेस्रो भए। दोस्रो स्थानमा पुगेका दुवै खेलाडीले समान २० हजार रुपैयाँ र तेस्रो स्थानमा पुगेका दुवैले समान १० हजार रुपैयाँ नगद प्राप्त गरे।

त्यसैगरी महिला र पुरुष दुवैमा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई गेयर पार्टनर पेलियट नेपालले प्रत्येक खेलाडीलाई करिब एक लाख रुपैयाँ बराबरको खेल सामग्री प्रदान गरेको छ। काठमाडौँ स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा भएको एकदिने प्रतियोगितामा पुरुषतर्फ ३५ र महिलातर्फ ७ खेलाडीले प्रतिस्पर्धा गरे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव राम चरित्र महेताले प्रतियोगिताको उद्घाटन गरेका थिए।

पुरुषतर्फ क्वालिफिकेसन राउण्डबाट अन्तिम चरणमा ८ खेलाडी छनोट भएका थिए। अन्तिम चरणमा छनोट भएका ८ खेलाडीबीचको प्रतिस्पर्धाबाट विजेताको घोषणा भएको हो। गत वर्ष एनसीएसले ६ वर्षको ब्रेकपछि नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप आयोजना गरेको थियो। यसै निरन्तरता दिँदै यस वर्ष बोल्डरिङ विधाको नेशनल च्याम्पियनसिप आयोजना गरिएको हो। एनसीएसका अध्यक्ष रमेश पौडेलले आगामी दिनमा वार्षिक कार्यक्रमको क्यालेन्डर बनाउँदै हरेक वर्ष राष्ट्रिय प्रतियोगिता गर्ने जानकारी दिए। नेपालमा क्लाइम्बिङ स्पोर्टको ठूलो सम्भावना रहेको र नेसनल च्याम्पियनसिपमा यस वर्ष खेलाडीको संख्या पनि बढेको बताउँदै उनले आगामी दिनमा नयाँ खेलाडीहरूको लागि राष्ट्रिय च्याम्पियनसिप खेल्न पनि अवसर हुने स्पष्ट पारे।

प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका सहमहासचिव रामजी बहादुर श्रेष्ठ, एनसीएसका अध्यक्ष रमेश पौडेल लगायतले पदक, पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए। प्रतियोगितालाई पेलियट नेपाल, एलाइट एक्सपेड, एट के एक्सपेडिसन्स, अल्टीप्रो एडभेन्चर, सातोरी एडभेन्चर, सेभेन समिट ट्रेक्स, १४ पिक्स एक्सपेडिसन, बिल, पाओनिर एडभेन्चर र ब्ल्याक डायमण्डले सहयोग गरेका थिए। नेपालबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खेल्न छनोट हुने महिला र पुरुष एक जना-एक जना खेलाडीलाई ब्ल्याक डायमण्डले गेयर स्पोन्सर गर्ने घोषणा पनि गरिएको छ। टेक्निकल पार्टनरमा नेपाल नेशनल माउन्टेन गाइड एसोसियसन रहेको थियो भने इन्डियन माउन्टेनिरिङ फाउण्डेसनले टेक्निकल सहयोग गरेको थियो।