WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

विराटनगरमा नेपाली कांग्रेसको इतर समूहको भेला, को-को सहभागी हुनेछन्? – Space4k Television News Update
Skip to main content

विराटनगरमा नेपाली कांग्रेसको इतर समूहको भेला, को-को सहभागी हुनेछन्?

३० जेठ, विराटनगर। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र एकताका लागि दबाब सिर्जना गर्न विराटनगरमा आइतबार बृहत् भेला आयोजना गर्दैछ। नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले पार्टीलाई एकढिक्का बनाउन शीर्ष नेताहरूको उपस्थितिमा भेला हुन लागेको जानकारी दिए। उनले कांग्रेस कमजोर हुँदा मुलुकको राष्ट्रियता र सार्वभौमसत्तामाथि नै प्रश्न उठिरहेको बताउँदै पार्टीलाई एकढिक्का बनाउन आवश्यक दबाब सिर्जना गर्ने उद्देश्यले भेलाको आयोजना हुन लागेको बताए।

भेलामा प्रमुख अतिथिका रूपमा डा. शेखर कोइराला रहने तयारी गरिएको छ। उनीबाहेक कांग्रेसमा अन्य शीर्ष नेताहरू पूर्वउपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला पनि सहभागी हुने बताइएको छ। यसैले भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा, कोइराला र सिटौला पक्षका प्रदेशभरीकै नेताकार्यकर्ता डाँकिएको इतर पक्षका नेताहरू बताउँछन्।

कांग्रेसको इतर पक्षले नियमित महाधिवेशनबाट मात्रै पार्टीको बृहत् एकता कायम हुने भन्दै त्यसका लागि आश्वस्त हुने वातावरण विशेष महाधिवेशनबाट आएको कार्यसमितिले बनाइनसकेको आरोप लगाउँदै आएको छ। प्रदेश महामन्त्री राईले भेलालाई कुनै एक समूहको कार्यक्रम मात्र नभई समग्र कांग्रेसको कार्यक्रम रहेको दाबी गरे। ‘यो कार्यक्रमलाई कुनै एक पक्षको भन्दा पनि दबाब समूहको कार्यक्रम भन्दा हुन्छ,’ उनले भने।

विशेष महाधिवेशनका नाममा पार्टीको स्थापनादेखि रगत–पसिना बगाएका वरिष्ठ नेतालाई अपमान गर्ने काम भएको उनी बताउँछन्। ‘पार्टी स्थापनाकालदेखि रगत–पसिना बगाएका सिनियर नेताहरूलाई अपमानजनक ढंगले पाखा लगाउने काम भइरहेको छ। कसैले सानो गुटको नेता बनेर रमाइरहने सपना देखेको छ भने त्यो कांग्रेस र देशकै लागि घातक हुन्छ। त्यसैले हामी कांग्रेसलाई पूर्ण रूपमा एकढिक्का बनाउन दबाब दिन खोजिरहेका छौं,’ उनले भने।

कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कांग्रेसमा विभाजन रोक्नका लागि पहल भइरहेको बताए। उनले भने, ‘नयाँ तरिकाले अब कांग्रेस जानुपर्छ भनेका थियौं, हामीले छानेको नेतृत्वमा अल्लारेपन भयो, पार्टीको यत्रो बोझ लिन सकेन। त्यो ५४ प्रतिशतको मात्रै नेता हुन्छु भन्छ।’ सभापति गगन थापाले पूरै कांग्रेसको नेतृत्व लिन नसकेको उनले टिप्पणी गरे। ‘हामीले त छानेको के भने कांग्रेसको, नेपाली कांग्रेस सबैको छान्न खोजेको। नेपाली कांग्रेसको १०० प्रतिशतको सभापति छान्न खोजेको। तर म बोझै लिनँ भनेपछि हामीले के भन्यौँ हैन १०० प्रतिशतको तिमी हुनुपर्छ भन्ने अभियानमा हो,’ उनले भने।