प्रधानमन्त्री बालेनले सुधन र सुनिलसँगको तस्वीर सेयर गर्दै भने- देश बनाउने टोली
प्रधानमन्त्री बालेन शाहले देश बनाउने टोली भन्दै गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन्। ३१ जेठ, काठमाडौं। प्रधानमन्त्री बालेन शाहले देश बनाउने टोली भन्दै दुई मन्त्रीसँगको तस्वीर सेयर गरेका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्साललाई बीचमा बसेर अँगालो हालेको तस्वीर सेयर गरेका हुन्। यी दुवै मन्त्री रास्वपामा प्रधानमन्त्री बालेननिकटकै मानिन्छन्।

