Skip to main content

अहमद डियालोको निर्णायक गोलमा आइभरी कोस्टको जित

अहमद डियालोको निर्णायक गोलका कारण आइभरी कोस्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा इक्वेडरलाई १-० ले हराएको छ। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डियालोले विलफ्रेड सिंगोको पासमा ९०औं मिनेटमा गोल गरे। यो जितपछि समूह ‘इ’ मा आइभरी कोस्टले महत्वपूर्ण ३ अंक जोडेको छ भने जर्मनी गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ।

१ असार, काठमाडौं। अहमद डियालोको अन्तिम मिनेटमा गरेको गोलकै कारण आइभरी कोस्टले फिफा विश्वकप २०२६ मा इक्वेडरलाई १-० ले पराजित गरेको छ। फिलाडेल्फिया स्टेडियममा सोमबार बिहान भएको खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका डियालोले ९०औं मिनेटमा गोल गरेका थिए। उनले विलफ्रेड सिंगोको पासमा गोल गरेका हुन्।

त्यसअघि पनि दुवै टोलीले गोल गर्ने अवसरहरू पाएका थिए, तर सफल फिनिशिङ गर्न सकेनन्। अन्तिम समयमा गरेको गोलले आइभरी कोस्टले समूह ‘इ’ मा महत्वपूर्ण ३ अंक जोडेको छ। यसै समूहको पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७-१ ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ। जर्मनी र आइभरी कोस्टको समान ३ अंक भए तापनि गोल अन्तरमा जर्मनी अग्रस्थानमा छ। इक्वेडर र कुरासाओ भने अहिलेसम्म अंकविहिन छन्। समूह ‘इ’ मा अब आइभरी कोस्टले जर्मनीसँग २० जुनमा खेल्नेछ।