१ असार, काठमाडौं । इजरायलका राष्ट्रिय सुरक्षामन्त्रीइतमार बेन–ग्वरले अमेरिका र इरानबीच भएको सम्झौतामा आफ्नो मुलुकले कुनै बाध्यता मान्ने आवश्यकत नभएको बताएका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्झौताबारे टिप्पणी गर्दै भनेका छन्, ‘ट्रम्पको सम्झौतामा हामी बाध्य छैनौं। इजरायल अमेरिकाको अधीनमा छैन। हामी स्वतन्त्र र सार्वभौम राष्ट्र हौं।’
इजरायल सरकारले इजरायली नागरिक, आईडीएफका सैनिक र यहुदी समुदायप्रति जिम्मेवारी रहेको उनले जोड दिए। राष्ट्रिय सुरक्षा मन्त्रीइतमारले आफ्नो पोष्टमा इजरायल कुनै ‘अस्थिर देश’ नभएको पनि स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘हामी यसो भन्न चाहन्छौं कि हामी अमेरिकासँग प्रेम गर्छौं र राष्ट्रपति ट्रम्पप्रति आभारी छौं। तर, इजरायल कुनै ‘बनाना स्टेट’ (केरा राज्य) होइन,’ उनले थपे।
उनले यो कुरा प्रधानमन्त्रीसँग बारम्बार दोहोर्याएको र महत्वपूर्ण ठाउँहरूमा पनि यसलाई स्पष्ट पारेको बताएका छन्। वे नै कट्टर दक्षिणपन्थी नेताका रूपमा परिचित छन्। उनी हिज्बुल्लाहलाई पूर्णरूपमा समाप्त नगर्दासम्म इजरायलले कुनै सम्झौतामा सहमति जनाउन नसक्ने पनि बताएका छन्।

