बागमती प्रदेश सरकारले ६६ अर्बको बजेट ल्याउने तयारी गर्यो, मन्त्रिपरिषद्ले स्वीकृत गर्यो
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ६६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको उक्त बजेट प्रदेशसभामा पेश गर्ने अनुमोदन गरेको छ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट तय गरेको थियो। आज साँझ ४ बजे बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिस अनुसार आगामी वर्षको बजेट प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको हो। यस बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको बताइएको छ।
मन्त्रिपरिषद् बैठकपछि उक्त बजेट प्रदेशसभामा पेश गरिनेछ।

