Skip to main content

कांग्रेसका भ्रातृ संगठन दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु मनोनीत

१ असार, काठमाडौं – नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु मनोनीत भएका छन्। सभापति गगन थापाले सोमबार रामुदामुलाई दलित संघको अध्यक्ष पदमा मनोनित गरेका हुन्। सभापति थापाले अध्यक्षको जिम्मेवारी दिँदै तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण प्रदान गरेका छन्, जसको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका छन्।