भोइजर: त्यो अन्तरिक्षयान जसले सौर्यमण्डलप्रति हाम्रो दृष्टिकोण नै परिवर्तन गरिदियो
त्यो अन्तरिक्षयान जसले सौर्यमण्डलप्रति हाम्रो सम्पूर्ण दृष्टिकोण नै परिवर्तन गरिदियो। प्रक्षेपणको समयमा मात्र पाँच वर्षसम्म चल्ने अनुमान गरिएका दुई वटा अन्तरिक्षयानहरू सौर्यमण्डलको टाढा भागमा अन्तरिक्षमा यात्रा गरिरहेका छन्। नासाले ‘भोइजर’ मिशनका लागि बनाएका ती ‘प्रोब’हरू मानव निर्मित वस्तुहरूमध्ये सबैभन्दा टाढा पुगेका हुन्।
उक्त परियोजनामा संलग्न वैज्ञानिक डा. लिन्डा स्पिल्करले ती प्रोबहरूले कसरी सौर्यमण्डलको हाम्रो समझ र दृष्टिकोणलाई परिवर्तन गरिदिए भन्ने कुरा व्याख्या गरेकी छन्। भविष्यमा ‘एलियन’ अर्थात् ‘बाह्यलोकका जीव’हरूले ती प्रोबहरू फेला पारेर पृथ्वीको भ्रमण गर्न सक्ने सम्भावना रहेको अनुमान गरिएको छ।

