Skip to main content

अशल नेताहरुको नेतृत्वमा नल्याए पार्टीको समापन नजिकै छ – विजय सुब्बा

२ असार, काठमाडौं । नेकपा एमालेका नेता विजय सुब्बाले पार्टी भित्र देखिएका गतिविधिहरूप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। सामाजिक सञ्जाल मार्फत उनले भनेका छन् कि यदि असल नियत भएका नेताहरूलाई नेतृत्वमा नलिइयो भने पार्टीको अन्त्य नजिकै पुगेको छ। ‘आदरणीय पार्टीका निष्ठावान् कमरेडहरू, म पार्टी निर्माण अभियानमा हार मान्नुपर्ने अवस्था आएको होइन,’ उनले बताएका छन्। ‘पार्टीलाई नष्ट गरिरहेका गैर कम्युनिष्ट विकृतिहरू र विसंगतिहरू तुरुन्त सुधार्नुपर्ने कुरा म सबै मुख्य नेताहरूलाई पटक-पटक उल्लेख गर्दै आएको छु, पार्टीको विधान महाधिवेशन र विभिन्न तहका अधिवेशनहरूमा प्रष्ट रूपमा राखें, तर मलाई पार्टी विरोधी भाषण गर्ने आरोप लगाइयो।’

पार्टी भित्रका गलत गतिविधिहरू सच्याउने समयलाई ध्यान नदिने र चाकरीबाज नेताहरूलाई खुसी पार्ने प्रवृत्तिले अहिलेको समस्या बढी भएको उनले दाबी गरे। सबै समस्याहरू झिकेर अहिलेको परिस्थिति आएको सबैलाई थाहा छ, उनको भनाइ छ। उनले थपे, ‘यदि पार्टीका असल नियत भएका नेतालाई नल्याउने हो भने पार्टीको मृत्यु पर्खनु पर्नेछ।’