Skip to main content

६० हजार रुपैयाँ घुस सहित चाबहिल नापी कार्यालयका अमिन पक्राउ

२ असार, काठमाडौं । नापी कार्यालय चाबहिल २ नं. नापी टोलीका एक जना अमिन ६० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अमिन टोपजंग खत्रीलाई सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा पक्राउ गरेको हो। अमिन खत्रीले हालसालै जग्गाधनी पुर्जा बनाइदिन सहजीकरण गर्ने भन्दै घुस लिएको सूचना अख्तियारले पाएको जनाएको छ। उक्त सूचनाको आधारमा अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले ६० हजार रुपैयाँ लिइरहेको अवस्थामा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलवारीबाट उनलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।