६० हजार रुपैयाँ घुस सहित चाबहिल नापी कार्यालयका अमिन पक्राउ
२ असार, काठमाडौं । चाबहिलस्थित नापी कार्यालयका २ नं. नापी टोलीका एक अमिन ६० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अमिन टोपजंग खत्रीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरेको छ। अमिन खत्रीले हालै जग्गाधनीको पुर्जा बनाइदिन सहजीकरण गर्ने नाममा घुस लिएको सूचना अख्तियारले पाएको जनाएको छ। उक्त सूचनाको आधारमा अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले ६० हजार रुपैयाँ लिइरहेको अवस्थामा उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलवारीबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन्।