नेप्सेको अध्यक्ष पदमा अमृत लम्साल नियुक्त
२ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन्। वैशाख १५ देखि अध्यक्षविहीन रहेको नेप्सेमा अर्थमन्त्री स्वर्णिम वाग्लेको सिफारिसमा लम्साललाई यो जिम्मेवारी दिइएको हो। हाल उनी नेपाल रिइन्स्योरेन्स कम्पनीका अध्यक्ष समेत रहेका छन्। साथै, लम्साल नेपाल बैंकको सञ्चालक समितिमा सरकारका प्रतिनिधि भएर पनि कार्यरत छन्।