Skip to main content

जुम्लामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२ असार, जुम्ला । जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। कर्णाली राजमार्गअन्तर्गत तातोपानी गाउँपालिका-३ लाछुगाउँ नजिकै मंगलबार साँझ ६ बजेतिर भे १ ट ८९३५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। जुम्लाका डीएसपी चिरञ्जीवी दाहालका अनुसार, दुर्घटनामा मृत्यु हुनेमा तिला गाउँपालिका–४ का खबेन्द्र शाही रहेका छन्। यस्तै, सोही ठाउँकी देउमनी सार्की गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार, ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको छ।