प्युठानमा विद्यालयबाट फर्किँदै गरेका दुई बालबालिकामध्ये एक बर्खे बाढीमा मृत्यु, अर्को बेपत्ता
२ असार, प्युठान। प्युठानमा विद्यालयबाट घर फर्कँदै गरेका दुई बालबालिकालाई बर्खे बाढीले बगाएको छ। उक्त घटनामा एक बालकको मृत्यु भएको पुष्टि भएको छ भने अर्को बालक अहिलेसम्म बेपत्ता रहेको छ।
प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट फर्कँदै गरेका स्थानीय यामबहादुर खत्रीका दुई छोरा विमल र मिलनलाई बर्खे बाढीले बगाएको हो। घटनास्थलमा विमलको शव फेला परेको छ भने मिलन अझै बेपत्ता रहेको स्थानीय महेश थापाले जानकारी दिए। उनको खोजी कार्य अहिले पनि जारी छ।
विमल कक्षा १ मा, र मिलन कक्षा ३ मा अध्ययनरत थिए। थापाका अनुसार आकस्मिक रूपमा आएको वर्षापछि आएको बाढीले दुवैलाई बगाएको हो। घटनाको थप विवरण आउन बाँकी छ।

