३ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप – २०२६ मा अल्जेरियाविरुद्ध अग्रता लिएको छ । अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा कप्तान लियोनल मेस्सीको गोलले अर्जेन्टिनालाई अग्रता दिलाएको हो । मेस्सीले १७औं मिनेटमा अल्जेरियाको पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार गोलमा परिणत गरेको थियो । यो मेस्सीले विश्वकपमा गरेको १४औं गोल हो ।

