क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरी गोल फर्काए। ३ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा क्रोएसियाले बराबरी गोल फर्काएको छ। डालास स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरी गोल गरे। पिटर सुसिकको ले-एन्ग पासमा बाटुरिनाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए।
त्यसअघि कप्तान ह्यारी केनले १२औं मिनेटमा पेनाल्टी सफल पार्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए। तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपछि पेनाल्टी पुन: प्रदान गरिएको थियो। यसपटक केनले कुनै गल्ती नगरी गोल गरेका थिए। क्रोएसियाका कप्तान लुका मोडरिकले नोनी मोदुएकेलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो।

