क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस मल्टिपर्पज स्टेडियममा हुने उक्त खेल शुक्रबार बिहान पौने ४ बजेबाट सुरु हुनेछ। फिफा विश्वकप–२०२६ अन्तरगत शुक्रबार बिहान सह–आयोजक क्यानडा र कतारबीच भ्यानकुभरमा प्रतिस्पर्धा हुँदैछ। कतारले पहिलो खेलमा स्विट्जरल्यान्डसँग र क्यानडाले बोस्निया तथा हर्जगोभिनासँग बराबरी खेलेका थिए। नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाउन दुवै टोलीले यस खेलमा जित निकाल्नुपर्ने दबाव छ। ४ असार, काठमाडौं।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा शुक्रबार बिहान सह–आयोजक क्यानडा र कतार खेल्दैछन्। क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस मल्टिपर्पज स्टेडियममा हुने उक्त खेल शुक्रबार बिहान पौने ४ बजेबाट प्रस्फुटित हुनेछ। कतार पहिलो खेलमा आफ्नो विश्वकप इतिहासकै पहिलो अंक जोडेर उच्च मनोबलका साथ आएको छ। घरेलु मैदानमा समर्थकहरूको विशाल समर्थन सहित विश्वकप खेलेको क्यानडासामु आफूभन्दा कम प्रतिष्ठित टोलीलाई हराएर पहिलो ऐतिहासिक विश्वकप जित दर्ज गर्ने सुनौलो अवसर छ।
कतारले आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्ड जस्तो बलियो युरोपेली टोलीसँग १–१ को बराबरी खेल्दै अंक सँगालेको थियो। क्यानडाले पनि बोस्निया तथा हर्जगोभिनासँग बराबरी खेलेको थियो। मुख्य प्रशिक्षक जेसी मार्सको नेतृत्वमा रहेको क्यानडाली टोलीले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध आक्रमक रणनीतिमा निकै संघर्ष गर्नुपरेको थियो। अर्कोतर्फ कतारले स्विट्जरल्यान्डविरुद्ध अन्तिम समयमा नाटकीय गोल गर्दै १ अंक सँगाल्न सफल भएको थियो।
नकआउट चरणमा प्रवेश गर्ने आफ्नो सपना जोगाउन दुवै टोलीलाई खेल जित्नुपर्ने आवश्यक छ। बोस्निया र हर्जगोभिनाविरुद्धको पहिलो खेलमा निराशाजनक बराबरी खेलेको क्यानडा त्यो बेलामा अत्यधिक दबाबमा देखिएको थियो। खेल अवधिभर बलमाथि नियन्त्रण राख्दै धेरै अवसर सिर्जना गरे पनि विपक्षीको डिफेन्स लाइनमा आएपछि कमजोर फिनिसिङका कारण क्यानडा असफल भएको थियो। पहिलो खेलको कमजोरी बिर्सेर घरेलु समर्थक अगाडि जित निकाल्ने लक्ष्यमा क्यानडाले समर्पित प्रयास गर्नेछ। घरेलु मैदानमै क्यानडालाई पराजित गर्ने चाहनामा कतार छ।

