Skip to main content

रुसमा युक्रेनको सबैभन्दा ठूलो ड्रोन आक्रमण, मस्कोमा धुवाँको मुस्लो (तस्वीरहरू)

युक्रेनले रुस र युक्रेनबीच सुरु भएको युद्धकै सबैभन्दा ठूलो ड्रोन आक्रमण रुसको राजधानी मस्कोमा गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार भने, “यदि युक्रेन जलेको छ भने, तपाईंको मस्को पनि जल्नेछ।” युक्रेनी ड्रोन आक्रमणले मस्कोस्थित ग्याजप्रोम नेफ्टको तेल प्रशोधन केन्द्रलाई लक्षित गरेको मस्कोका मेयर सर्गेई सोब्यानिनले बताए। यो आक्रमणलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो मानिएको छ।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, “यदि युक्रेन जल्यो भने, तपाईंको मस्को पनि जल्नेछ।” आक्रमणपछि ग्याजप्रोम नेफ्टको मस्को तेल प्रशोधन केन्द्रबाट कालो धुवाँको मुस्लो निस्किरहेको तस्बिर तथा भिडियोहरू बाहिरिएका छन्। तस्बिर र भिडियोहरूमा अग्नि नियन्त्रक हेलिकोप्टरहरूले आगो नियन्त्रण गर्न प्रयास गरिरहेको देखिन्छ। मस्कोका मेयर सर्गेई सोब्यानिनले यो युद्ध सुरु भएपछि मस्कोमा भएको सबैभन्दा ठूलो युक्रेनी ड्रोन आक्रमणमध्ये एक भएको बताएका छन्।

उनका अनुसार, युक्रेनी आक्रमणले तेल प्रशोधन केन्द्रलाई लक्षित गरेको छ। आक्रमणपछि मस्कोको रिफाइनरीबाट पनि कालो धुवाँको मुस्लो निस्किरहेको तस्बिर र भिडियोहरू सार्वजनिक भएका छन्। (तस्बिरहरू एजेन्सीको सहयोगमा)