परराष्ट्रमन्त्री शिशिर खनालले दोस्रो सगरमाथा संवाद २०२७ मे महिनामा आयोजन गर्ने र यसको प्रारम्भिक तयारी सुरु भइसकेको जानकारी दिनुभयो। बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले सगरमाथा संवादको प्रारम्भिक तयारी सुरु भइसकेको स्पष्ट पार्नुभयो। ‘सगरमाथा संवाद सञ्चालनका लागि बजेट प्रस्तावित गरियो तथा यसको तयारी पनि सुरु भइसकेको छ,’ मन्त्री खनालले बैठकमा जानकारी दिनुभयो।
पहिलो सगरमाथा संवाद २०२५ सालको मे महिनामा सम्पन्न भएको थियो। यो संवाद सामान्या प्रत्येक दुई वर्षमा एक पटक आयोजना गरिन्छ। सगरमाथा संवाद २०२५ मा हिमाल संरक्षण, हरित प्रविधिको प्रवर्द्धन, विकासशील राष्ट्रहरूलाई सहुलियत, वित्तीय सहयोग र जलवायु न्याय लगायतको विषयमा २५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न गरिएको थियो।

